वेलायतको संसदमा गोप्य मार्ग भेटियो

0
Shares

लन्डन,(एजेन्सी)

वेलायतको हाउस अफ कमन्सको हल तर्फ जाने बाटोको काठको भित्तामा काँसको एउटा सानो सााचोको प्वाल थियो । संसदका सदस्यहरु र कर्मचारीहरु हरेक दिन त्यहि सानो प्वाल सामुबाट हिंडिरहन्छन् । कसैले यसलाई देख्दा कुनै बिद्युतिय क्याविनेट भन्ने ठान्थे होला ।

हाउस अफ कमन्स र हाउस अफ लर्डस रहेको यो वेस्टमिनिस्टर प्यालेसको मर्मत संभार गर्ने इतिहासविदहरुको टोलिले योजना बनाइरेहका थिए । सन् १०९९ मा निर्मित वेस्टमिनिस्टर हल यसको सबैभन्दा पुरानो भाग हो । यो अझै पनि प्रयोगमा रहेको छ ।

यस टोलिले क्याटलक रहित करिव १० हजार वटा दस्तावेजको अध्ययन गर्दै गर्दा काठको भित्तामा सो साँचो घुसाउने प्वाल भेटाएको थियो । तिनीहरुले एउटा साँचो प्येग गरी खोल्दा त्यहाँ भित्र ३ सय ६० वर्ष पुरानो गोप्य मार्ग भेटियो ।

संसद भवनको उक्त टोलिका एक इतिहासकार मार्क कोलिन्सले त्यहाँ यस्तो गोप्य मार्ग रहेको सुचना आफुहरुसंग रहेको तर दोश्रो विश्वयुद्धको बमबारीको कारण यो पुरिई सकेको हुनुपर्ने विशवास गरेको बताएका छन् ।

यो मार्ग सन् १६८५ सम्म शासन चलाएका राजा चाल्र्स द्वितीयको राज्याभिेषको उपलक्षमा रात्रिभोज आयोजाको लागि करिव सन् १६६० तिर यो मार्ग निर्माण भएको हुनुपर्ने अनुमान गरिएको छ ।