कोरोना संक्रमित महिला भारतको गोरखपुरबाट सिधै घरमा


दुर्गाप्रसाद शर्मा,पर्वत ।

कोरोना संक्रमण पुष्टि भएकी महिला गोरखपुरबाट सिधै मोदी घरमा पुगेको पाइएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरकी ३० बर्षिया महिला भारतको उत्तरप्रदेश स्थित गोरखपुरबाट सिधै घरमा पुगेको पाइएको छ । ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकी महिला असार २१ गते सुनौलीबाट टयाक्सी रिर्जभ गरि घरमा आएर बसेको पाइएको छ । भारतबाट आएर घरमै बसेको सुचना गाउँ पालिकामा पुगेपछि वडा अध्यक्ष बिकास तिमिल्सिना आफैं गाडी लिएर घरमा पुग्नु भएको थियो । ‘भारतबाट आएर घरमै बसेको पाइएपछि म नै गाडी लिएर घरमा पुगेको हुँ’ वडा अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘घरमा छुट्टै कोठामा परिवार संग सम्पर्क नगरि बसेको भेटिएको थियो।’ घरमा परिवार संग सम्पर्क नगरि छुट्टै बसेको देखेपछि कुस्मामा पुलिङ्ग क्वारेन्टाइनमा छाडेर आएको उहाँले जानकारी दिनुभयो ।

संक्रमित महिला होटलमा पनि एउटा कोठा लिएर छुट्टै बसेकी थिइन । त्यसैले धेरै आत्तिन नपर्ने र समुदाय तथा परिवारलाई बढी जोखिम नभएको वडा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतम केही ब्यक्ति गैह्र जिम्बेवार बन्दा समुदायमा संक्रमण फैलन सक्ने जोखिम बढ्ने बताउनुहुन्छ ।

उहाँले संक्रमित महिलाको सम्पर्कमा आएका ब्यक्तिहरुको पिसिआर परिक्षण गरिने बताउनुभयो । केही दिन पहिला पिसिआर नेगेटिभ आएर सामुदायिक क्वारेन्टाईनमा पठाइएकी कुस्मा नगरपालिका १० पिपलटारीकी महिलालाई प्रहरीले पक्रेर कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनी दुई हप्ता क्वारेन्टाईनमा नबसी ५ दिनमै घर गएकी थिइन ।

त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका १२ जनाको आरडिटी परिक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको थियो भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अन्य थुनुवा र प्रहरीको समेत पिसिआर परिक्षण गर्दा नेगेटिभ रिर्पोट आएको छ । ‘यसले गर्दा संक्रमित महिलामा रोग सार्न सक्ने अबधी पार भैसकेको देखियो’ उहाँले भन्नुभो‘अन्यथा समुदायमा ठुलै समस्या आउन सक्थ्यो’ पर्वत जिल्लामा भारत र तेस्रो मृुलुकबाट आउनेहरुलाई कुस्मा र मोदी गाउँपालिकामा बनाइएका पुलिङ्ग क्वारेन्टाईनमा राख्ने ब्यबस्था मिलाइएको छ ।

सबैको पिसिआर परिक्षण गरेपछि मात्रै पुलिङ्ग क्वारेन्टाईनबाट सम्बन्धित पालिकामा रहेको सामुदायिक क्वारेन्टाईनमा राख्ने ब्यबस्था मिलाइएको छ । शुरुमा यातयातको साधनको सहजता नहुँदा स्थानिय प्रशासन, सम्बन्धित पालिका तथा वडाका पदाधिकारी संग सम्पर्क गरेर मात्रै आउँदा ब्यबिस्थत थियो ।

पछिल्ला दिनमा सिमानाबाट आफै आउने र प्रदेश सरकारले ल्याउने ब्यबस्था गरेपछि कतिपय मानिसहरु घरमा लुकेर बस्न थालेका छन । क्वारेन्टाईनमा बस्नका लागि पालिका संग सम्पर्क गरेपछि मात्रै स्थानिय प्रहरी प्रशासनले थाहा पाउने अबस्था सृजना भएको छ।