लाखौ बजेट खर्च : नागरिक भेरी नदीकै धमिलो पानी पिउन बाध्य


बासुदेव शर्मा,जाजरकोट ।

जाजरकोट भेरी नगरपालिका १३ का नागरिकहरुले भेरी नदीको धमिलो पानी पिएरै जिवन निर्वाह गर्दै आएका छन । करोडौ बजेट लगानी गरेपनि पानी प्रयाप्त हुन सकेको छैन । पानी नहुदाँ बर्षायमको समयमा नागरिकहरु भेरी नदीको धमिलो पानी खान वाध्य छ ।

जाजरकोटकै सुन्दर बस्तीका रुपमा रहेको कुदुमा खानेपानी नियमित संचालन नहुदाँ यहाँका करिव १ हजार घरधुरीले भेरी नदीको धमिलो पानी खाने गरेका छन् । बर्षाको सययमा पानि प्रयाप्त हुदैन भने चैत बैशाखमा कस्तो समस्य होला सहजै अनुमाण गर्न सकिन्छ । करिव ४ महिना यता नागरिकहरुले पानी पाएका छैन्न । घर छेउमै नियामित पानी संचालन नहुदाँ विहान वेलुका गाग्री बोकेर भेरी नदीको धमिलो पानी खाने गरेका छन् ।

पानी व्यवस्थित रुपमा संचालनको लागी बृहत जलाधार व्यवस्थापन केन्द्रबाट १ लाख ७२ हजार, सिचाई तथा खानेपानी कार्यालयबाट ३ लाख ९४ हजार, भेरी नगरपालिकाबाट ४२ लाख रकम मुहान मर्मत संरक्षण, पाईप, फिटिङ्गको सामान खरिद लगाएत खानेपानी मर्मतका लागी खर्च भईसकेको छ । यति मोटो रकम खर्च भएपनि पानी नियामित नहुदाँ नागरिक भेरी नदीकै धमिलो पानीमा जिवन बिताई रहेका छन् ।

गत वर्ष भेरी नगरपालिकाले ४५ लाखको बजेटबाट डिप वोरिङ्गबाट पानी निकाल्न सफल भएको थियो । घर छेउमै पानी आएपछि नागरिकहरु खुसी भएका थिए । भेरी नदीको धमिलो पानीबाट छुटकारा पायौ भन्दै खुसी भएका नागरिक पुन भेरी नदीकै धमिलो पानी खानु पर्दा चिन्तित भएका छन् ।

डिप बोरिङ्ग र पुरानो पानीलाई मर्मत संरक्षण गरि कुदुबासीले वर्षौ देखि भोक्दै आएको खानेपानीको समस्यालाई अन्त्य गर्न भेरी नगरपालिकाले ४२ लाख मर्मतको लागी खर्च गरेपनि पानी नियामित हुन सकेको छैन । दुई वर्ष अघि भेरी नगरपालिकाले लिप्ट खानेपानी संचालनको लागी ४९ लाख बजेट विनियोजन थियो ।

उपभोक्ता समितिले काम गर्न नसक्दा रकम फिर्ता भएको थियो । बर्षौ मर्मतको लागी लाखौ रकम आउने गरेको छ बजेट पनि सदुपयोग गरेको देखिदैन पानीको सुविधा पनि छैन मर्मतको जिम्मा लिएका उपभोक्ता समितिले दिगो बलियो रुपमा काम नगर्दा बजेट बालुवामा पानी हाले जस्तै हुने गरेको भेरी नगरपालिका १३ का रामकृष्ण गिरीले वताउनु भयो । विहान वेलुका गाग्री बोकेर भेरी नदीको धमिलो पानी ल्याएर खानु पर्दा बजेट खर्च गरेको कुनै अर्थ नभएको दुखेसो पोख्नु भयो ।

करोडौ वजेट खानेपानी मर्मतको लागी आएको छ कसरी खर्च हुन्छ छ पानी नआएको ४ महिना भईसक्यो डिप बोरिङ्गमा पानी प्रशस्त आउने भए पनि केहि चित वुझथ्यो विद्युत आएको समयमा आउने गरेकोले लाईनमा वसेर पालो कुरि अगाडीनै गाग्री लिए नाम लेखाई १ गाग्रीको ५ रुपैया तिरेर घण्टै कुरेर ल्याउने गरेका छौ भन्नु भयो ।

खानेपानी मर्मतको लागी आएको रकम एकद्धार प्रणालीबाट खर्च नहुदाँ नागरिकले सफा पानी पाउन नसकेको स्थायिन गणेश आर सीले बताउनु भयो । जनप्रतिनिधिले बजेटको अनुगमण नगर्दा बजेट दुरुपयोग भएको नागरिकले भेरी नदीको धमिलो पानी खानु परेको आरसीको भनाई छ ।

खानेपानी मर्मतको लागी बर्षेनी बजेट आएको छ नागरिकलाई भेरी नदीको धमिलो पानीले छोडेको छैन योजनामुखी भन्दा पनि वजेट मुखी उपभोक्ता समिति भएकोले नागरिकले पानी पाउन नसकेको भेरी नगरपालिका १३ का यम बहादुर रोकायले भन्नु भयो । उपभोक्ता समितिको चरम लापर्बाहिले विगत ४ महिना देखी पानी पाउन नसकेको वताउनु भयो ।

संघिय सरकारबाट खानेपानीको लागी डिपिआर सर्वे डिजाइन गरिसकेको आमागी बर्ष देखी बृहत खानेपानीको योजना शुरु हुने खानेपानी तथा सिचाई कार्यालयका प्रमुख ज्वालाराज शाहीले वताउनु भयो ।