बिवाहको आश्वासन दिएर बालिका बलात्कार गरेको आरोपमा दुई युवा थुनामा


न्युज अफ नेपाल,पर्वत ।

पर्वतको कुस्माबजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । पर्वतको कुस्मामा भएका छुट्टाछुट्टै घटनाका दुई जना आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबर पुर्पक्षका लागि थुनामा परेका हुन ।

थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं ८ बस्ने २१ बर्षिय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका –२ पण्डितपुरका २७ बर्षिय टेकबहादुर खड्का रहेका छन । श्रेष्ठलाई कुस्माबजारकी एक १५ बर्षिया बालिकाका लाई बिबाहको आश्वासन दिएर बलात्कार गरि गर्भवती समेत बनाएको आरोपमा असार १९ गते पक्राउ गरिएको थियो भने खड्कालाई पनि कुस्माबजारको एक होटलमा ल्याई १४ बर्षियालाई बलात्कार गरेको आरोपमा खड्कालाई असार १७ गते गिरफ्तार गरेको थियो ।

श्रेष्ठले फेसबुकबाट चिनजान भएकी बालिकालाई बिबाहको प्रलोभनमा पारेर पौष २ गते कुस्माबजारमा रहेको आफ्नो कोठामा बलत्कार गरेको पिडितले आरोप लगाएकी थिइन । पिडीतले असार १९ गते प्रहरीमा उजुरी दिएका थिए । पिडीत बालिकाको गर्भमा ६ महिनाको गर्भ रहेको पाइएको छ ।

यस्तै खड्काले असार १५ गते पर्वत जिल्ला कुश्मा नपा–६ कुश्मा बजार स्थित एक होटलमा बलात्कार गरेको आरोप लागेको छ। उनले पनि बिबाह गर्ने आश्वासन सहित होटलमा चार दिन सम्म राखेर बलात्कार गरेको आरोप छ । आरोपित खड्का ट्याक्टर चालक हुन ।