नाँगा तस्वीर खिचाउँदै विरोध

0
Shares

मस्को,(एजेन्सी)

रुसी रेस्टुरेन्ट मालिक त्यहाँका कर्मचारीहरुले कोरोनाभाइरसको कारण लगाइएको लकडाउनका कारण नराम्ररी आर्थिक नोक्सानीको मारमा परेको भन्दै आफ्नो व्यवसाय सुचारु ग्र्ने माग सहित खिँचेका नाँगा तस्वीरहरु सामाजिक संजालमा भाइरल भएका छन् ।

रेस्टुरेन्ट उद्योग जोगाउने अभियान अन्तर्गत ‘ फन्की फुड ११ ’ रेस्टुरेन्टका कर्मचारीहरुले रसियाक ो क्रास्नोदारमा मुखमा मास्क बाँधेर नाँगा तस्वीर खिचाएका छन् । तिनीहरुलाई अनुसरण गर्दै सयौं बार , रेस्टुरेन्ट र क्याफेका कर्मचारीहरुले पनि धमाधम प्लेट , कप ,ससप्यान ,बोटल , वार स्टुल र नेप्किन होल्डरसंगै आफ्ना नाँगो तस्वीर खिेचेर सामाजिक संंजालमा सरकारी नीतिको विरोध स्वरुप अपलोड गर्न थालेको छन् ।

कजान शहर स्थित रिल्याव फेमिली वारका मालिक आर्थर गालाइच्युकले आफुहरुसंग केहि पनि नरहेकाले प्रतिकात्मक रुपमा नाँगिनु परेको बताएका छन् ।