युवाज्योतिष अर्जुन क्षेत्री पक्राउ


काठमाडौं । युवाज्योतिष दाबी गर्ने अर्जुन क्षेत्रीसहित ९ जनालाई अख्तियारको टोलीले बिहीबार बेलुका पक्राउ गरेको छ ।

युवाज्योतिष दाबी गर्ने अर्जुन क्षेत्री अख्तियारको सहसचिव हुँ भनेर ५० लाख बार्गेनिङ गर्दागर्दै अख्तियारको टोलीले पक्राउ गरेको हो ।

नेपाल बिद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भनेर युवाज्योतिष क्षेत्रीले ४ करोडको बार्गेनिङ थिए । उनीहरुको डिल ५० लाख रुपैयामा मिलेको थियो ।

डिल मिलिसकेपछि पैसा लिन जाँदा उनीहरुलाई पक्राउ गरिएको स्रोतले बताएको छ । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले क्षेत्री पक्राउबारेमा अनभिज्ञता प्रकट गरेका छन् ।