विद्यालयकाे गुणस्तर सुधार गर्न गाउँपालिकाद्वारा कम्प्युटर, सीसीक्यामरा प्रदान


सरस्वती न्याैपाने, रसुवा ।

जिल्लाकाे उतरगया गाउँपालिकाले सामुदायिक विद्यालयकाे गुणस्तर सुधार गर्न माध्यमिक विद्यालयहरूलाई कम्प्युटर लगायत सिसिक्यामरा र प्राेजेक्टर वितरण गरेकाे छ। विद्यार्थीलाई प्राविधिक शिक्षा तर्फ र नयाँ टेक्नोलोजी तर्फ केन्द्रित गर्ने उदेश्यले सामान वितरण गरिएकाे पालिका प्रमुख उपेन्द्र लम्सालले वताउनु भयाे।

१५ वटा सामुदायिक विद्यालयलाई सामाग्रि वितरण गरिएकाे छ । पालिका प्रमुख उपेन्द्र लम्साल, प्रशासकीय अधिकृत अर्जुन खड्का, उतरगया गा.पाका शिक्षा अधिकृत पदमवहादुर कुवर उतरगया गापा शिक्षक माहासङघ  अध्यक्ष गणेश श्रेष्ठ, स्राेत व्यक्ति बाबुराम खनाल लगायतका अन्य माहानुभावहरूकाे उपस्थिति रहेकाे थियाे।