विद्यालयलाई आर्थिक सहयोग


लमजुङ, (नेस)

सिद्धार्थ बैंक लिमिडेट बेंसीशहर शाखाले सुन्दरबजार नगरपालिका–९ स्थित भोटेओडारमा रहेको भक्ति नुमना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुन्दरबजार–९ मा निमार्णाधीन सुस्त श्रवण भएका बालबालिकाको आवासीय भवन निर्माणका लागि ७० हजार रुपियाँ सहयोग गरेको हो ।

बुधबार विद्यालयमा एक कार्यक्रमका बीच सुन्दरबजार नगरपालिका मेयर जनकराज मिश्र र सिद्धार्थ बैंक बेंसीशहर शाखाका शाखा प्रबन्धक रुद्रप्रसाद पोखरेलले संयुक्तरूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीप्रसाद गुरुङ र प्रधानाध्यापक यज्ञराज घिमिरलेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

सो कार्यक्रममा मेयर मिश्रले बैंकले सुस्त श्रवण भएका बालबालिकाको आवसीय भवनमा निर्माणका लागि गरेको सहयोगको प्रशंसा गर्दे आर्थिक गतिविधि सँगै समुदायका लागि गरिने यस्ता सहयोगले बैंकको छवि वृद्धि गर्न थप मद्दत पुग्ने बताउनुभयो ।

शाखा प्रबन्धक पोखरेलले बैंकले मुनाफा आर्जन मात्र नभई समाजिक उत्तरदायित्वसमेत वहन गर्दै आएको जानकारी दिँदैे सहयोगले विद्यालयमा अध्यनरत बहिरा बालबालिकालाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।