कोरोना संक्रमण रोक्न सवारी जाँचमा कडाई


न्युज अफ नेपाल,पाल्पा ।

जिल्लामा कोरोना संक्रमितको संख्या वढदै गएपछि सवारी सुरक्षा चेकजाँचमा थप कडाइ गरिएको छ । कोरोना संक्रमणको खतरालाई मध्यनजर गर्देै जिल्ला भित्रिने, बाहिरिने तथा जिल्लाभित्र नै एक ठाउँबाट अर्कोमा आवतजावत गर्ने सवारी साधनमाथि कडाइका साथ जाँच गरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरीक्षक पृथ्वी काफ्लेका अनुसार बुधबारदेखि सवारी सुरक्षा चेकजाँचमा थप कडाइ गरिएको हो । बुधबार ८० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको र साझतिर सम्झाइवुझाइ गरेर नियन्त्रणमा लिएका मोटरसाइकल चालकको जिम्मा लगाइएको थियो ।

जोर–बिजोर प्रणाली उल्लंघन गरी चलाइएका मोटर साइकललाई नियन्त्रणमा लिएको काफ्लेले बताउनु भयो । ‘जिल्लामा कोरोनाको अवस्था भयावह बन्दै गएपछि सवारी सुरक्षा चेकजाँचलाई थप कडाइ गरेको उहाले वताउनु भयो । उहाले यो कार्यलाई बिहीबार पनि निरन्तरता दिइएको र चालकलाई एक घण्टा कोरोना भाइरस (कोभिड १९) बारे सडकमै जानकारी गराउन थालिएको छ ।

उहाँले ‘अटेर गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने जानकार दिनुभयो यसको साथै पासबिना सडकमा गुडेका चारपाङ्ग्रे गाडीलाई समेत नियन्त्रणमा लिएर कारबाही गर्न थालिएको छ । यता जिल्ला प्रशासन कार्यालय पाल्पाले पनि एक सूचना जारी गरी सर्वसाधारणलाई सकेसम्म घर वाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आव्हान गरेको छ । कार्यालयले मास्क प्रयोग नगर्ने लाई कानून वमोजिम कार्वाही गर्ने जनाइएको छ ।