प्रदेश सरकारविरुद्ध व्यवसायी सडकमा आउने


यमलाल भुसाल,बुटवल ।

प्रदेश पाँच सरकारको गैर जिम्मेवारीका कारण रुपन्देहीको बुटवलमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यालय स्थानान्त्ररण हुन लागेको भन्दै जिल्लाका उद्योगी व्यवसायीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन । उद्यमीहरुलाई उद्योग व्यवसायको क्षेत्रमा प्रोत्साहन गर्ने, उद्यमशिल क्षमताको विकास गदैं स्टार्टअपमा सहयोग पुराउने लक्ष्य सहित २०७३ सालमा बुटवलमा कार्यालय खोली सेवा प्रदान गदै आएको उक्त कार्यालय संघको मातहतमा रहने गरि प्रदेश सरकारको मन्त्री स्तरीय यही असार ७ गतेको निर्णय गरि पत्राचार समेत गरेको प्रति उद्योगी व्यवसायी आक्रोशित भएका छन ।

रुपन्देहीमा क्रियाशिल १४ वटा व्यवसायीक संघ संस्थाहरुको छाता संस्था संन्जाल रुपन्देहीले बुधवार बुटवलमा पत्रकार सम्मेलन गरि प्रदेश सरकार उद्योगी व्यवसायीको हक हित र संरक्षणको पक्षमा नभएको ठहर समेत गरेका छन । उनिहरुले बुटवलमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्याालय नहटाउन माग गदै संघ र प्रदेश जस्को मातहतमा भए पनि बुटवलवाट कार्यालय अन्यत्र लैजान नहुनेमा जोड दिएका छन ।

सन्जालको मागलाई वेवास्ता गरिए सडक आन्दोलन गर्न बाध्य हुनवाट समयमै सचेत बन्न उनिहरुले प्रदेश सरकारलाई आग्रह गरेका छन । संन्जालद्धारा जारी विज्ञप्तीमा बुटवलमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको कार्यालय बुटवलमै राखी व्यवस्थापनगर्न , उक्त कार्यालयमा कार्यरत कर्मचारीको विगत १ वर्ष देखिको तलवको व्यवस्था गर्न, कार्यालयको १ वर्षको भाडा ततकाल तिर्न, विश्वव्यापी कोभिडको प्रभावले पारेको असरलाई न्यूनिकरण गर्न, उद्यमशिलताको विकास मार्फत व्यवसाय सृजना,रोजगारी सृजना र बैदेशिक रोजगारीवाट फर्किएको युवाहरुको व्यवस्थापनमा महत्वपुर्ण योगदान रहने औद्योगिक व्यवसाय विकास प्रतिष्ठानलाई संघिय सरकारको मातहतमा रहने गरि भए पनि बुटवलमा राख्न माग गरेका छन ।

त्यस्तै नेपाल सरकारले सातै प्रदेशमा प्रतिष्ठानका कार्यालयहरु विस्तार गरि कार्यसंचालन गर्ने भन्ने निर्णय गरेको अवस्थामा भएका कार्यालयहरु समेत बन्द गर्ने कार्य व्यवसायीको पक्षमा नभएको र नेपाल सकारको आथिक वर्ष ०७७।०७८ को नीति तथा कार्यक्रम र बजेटमा समेत औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राष्टिृय उत्पादकत्व तथा र्आिर्थक विकास केन्द्रको पुनसंरचना गरि एकृकित संस्थाको रुपमा संचालन गर्ने भन्ने आएको हुदां प्रतिष्ठानका सबै शाखा कार्यालयलाई संघमातहत ल्याई यथास्थानवाट संचालन गर्न माग गरेका छन ।

पत्रकार सम्मेलनमा रुपन्देहीमा क्रियाशिलसंघ संस्थाहरु बुटवल उद्योग वाणिज्य संघ , रुपन्देही उद्योग संघ , रुपन्देही व्यापार संघ , सिद्धार्थ उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ,तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघबुटवल, होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघ रुपन्देही, उद्यो व्यापार संगठन रुपन्देही, सैनामैना व्यापार संघ तिलोत्तमा चेम्वर अफ कमर्स, देवदह व्यापार संघ,र नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको सम्युक्त संन्जालले व्यवसायीका मागलाई सम्बोद्धन नगरे कडा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन ।

पत्रकार सम्मेलनमा बुटवल उद्योग वाणिज्य संघ अध्यक्ष खिमबहादुर हमाल ,रुपन्देही उद्योग संघ अध्यक्ष वाबुराम वोहोरा ,रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी र रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष दिनेश राज रेग्मीले उद्योगी व्यवसायीलाई प्रतिष्ठानले पुराएको योगदानको प्रदेश सरकारले उच्च सम्मान गर्न माग गर्नु भएको छ ।