पारिवारिक गोपनियता सम्बन्धी भतिजीको किताबमाथि रोक लगाउने ट्रम्पको प्रयास विफल


वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी भतिजीद्वारा उनका परिवारका विषयमा लेखिएको किताब प्रकाशित गर्न सक्ने न्युयोर्कको एक अदालतले फैसला दिएको छ ।
मेरी ट्रम्पको किताब ‘टु मच एन्ड नेवर इनफ, हाउ माइ फेमिली क्रिएटेड दि वल्र्डस मोस्ट डेन्जरस मेन’ जुलाइ २८ मा प्रकाशित हुने कार्यक्रम रहेको छ । बुधबार अदालतले यसअघि तल्लो अदालतका तर्फबाट डोनाल्ड ट्रम्पको पक्षमा दिएको किताब प्रकाशन माथि रोक लगाउने फैसलाई उल्टाइदिएको हो ।
यद्यपी एक गोपनिय सम्झौताका कारण अहिले नै यो किताब प्रकाशित नहुन सक्ने सम्भावना रहेको बताइएको छ । सन् २००१ मा मेरी ट्रम्पले पारिवारिक प्रतिष्ठालाई लएर भएको विवादपछि एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । न्युयोर्क टाइम्सका अनुसार यो सम्झौता परिवारको गोपनियता बचाउन गरिएको थियो ।
बुधबार न्यायधिषले डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेकोले उक्त सम्झौताको प्रासंगिकता अहिले नहुन सक्ने बताएका थिए । गोपनियता सम्झौतामा चर्चा गर्न जुलाइ १० मा सुनवाई हुने छ ।
न्युयोक अदालतले दिएको फैसलामा किताब प्रकाशकमाथि गोपनियताको बन्धन लागु नहुने र किताब प्रकाशित गर्ने तयारी जारी राख्न सक्ने उल्लेख गरेको छ ।
५५ बर्षिइ मेरी ट्रम्प राष्ट्रपति डोनाल्ड ट्रम्पका दाजु फ्रेड ट्रम्प जुनियरकी छोरी हुन् । फ्रेड ट्रम्प जुनियरको १९८१ मा निधन भएको थियो । उनको यस सस्मरणमा आधारित किताबमा दुखद अनुभव, पिडाले भरिएको सम्बन्ध, अराजक तथा शोषणका घटनालाई उजागर गर्ने दावी गरिएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पले उनकी भतिजीले किताब लेखेर गोपनियता कायम राख्ने सम्झौताको उलंघन गरिरहेको बताएका थिए । २० बर्ष अघि गरिएको उक्त सम्झौतालाई आधार मान्दै ट्रम्पले उनकी भतिजीलाई किताब लेख्ने अधिकार नभएको बताए ।
उक्त सम्झौता मेरीका पिताको मृत्युपछि उनको एस्टेटलाई लिएर भएको विवादपछि गरिएको थियो जसलाई डोनाल्ड ट्रम्पको पक्ष बलियो भएको बताइएको थियो ।
किताबमा के छ ?
रिपब्लिकन नेसनल कन्भेन्सनको केही हप्ता अघि यो किताब विमोचन हुनु थियो । यो कन्भेन्सनमा ट्रम्पलाई दोस्रो कार्यकालका लागि पार्टीका तर्फबाट नामांकन गर्ने प्रस्ताव पारीत गर्नेछ ।
यो सस्मरणमा मेरी ट्रम्पले कसरी केही गोप्य दस्तावेज न्युयार्क टाइम्सलाई छाप्न दिएकी थिइन् र जसले गर्दा ट्रम्पको निजी फाइनेन्सलाई लिएर जाँच शुरु भएको थियो ।
यस सम्बन्धमा न्युयोर्क टाइम्सलाई सनसनी पुर्ण समाचारलाई लिएर पुलित्जर पुरस्कार प्राप्त भएको थियो । यसमा राष्ट्रपति ट्रम्प धोकाधडी पुर्ण कर योजना समावेश गरिएको थियो र अहिलेको उनको सम्पतीमा उनले आफनो पिताको रियल एस्टेट अम्पायरको ४० करोड डलर लिएको आरोप लगाइएको थियो ।
राष्ट्रपतिका वकिल र ह्वाइट हाउसले कर छलेको ती आरोपलाई गलत बताएका थिए । यसअघि अमेरिकी राष्ट्रपतिका पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको संस्मरणलाई अमेरिकी न्याय विभागले रोक्ने प्रयास गरेको थियो ।
‘रुम ह्वेयर इट ह्यपेन्ड’नामक उक्त किताब यसै महिना देखि विक्री वितरणमा आउने छ । किताबमा राष्ट्रपति ट्रम्पले सन् २०२० नोभेम्बरको चुनाव जित्न मद्दतका लागि चिनियाँ राष्ट्रपतिसँग निवेदन गरेको दावी गरिएको छ ।