मजदुरको जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारसँग माग


 न्युज अफ नेपाल, पाल्पा ।

नेपाल ट्रेड युनियन काग्रेस पाल्पाले कोरोना भाइरसका सिर्जित वन्दावन्दीका कारण उद्योग व्यापार, व्यसाय वन्द भएको अवस्थाले गर्दा आयस्रोत गुमाएका मजदुर, अपाङ्ग र गरिखाने वर्गले आय आर्जन गर्न नसकेको अवस्थामा उनीहरुको जिपिकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

नेपाल ट्रेड युनियन काग्रेस पाल्पाले वुधवार जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत प्रधानमन्त्रीलाई एक ज्ञापन पत्र वुझाउदै कतिपय सामुदायिक र संस्थागत विद्यालयमा नीजी स्रोतमा कार्यरत शिक्षक कर्मचारीलाई वन्दावन्दीको समयको तलव सुविधा नदिने गरेको पाइएकाले सम्वन्धित पक्षले समयमाा नै पारिश्रमिक उपलव्ध गराउन माग गरेको हो ।

नेपाल ट्रेड युनियन काग्रेस पाल्पाका अध्यक्ष लक्ष्मण रायमाझीको नेतृत्वमा गएको टोलीले प्रशासन कार्यालयमा ज्ञापन वुझाएको हो । उक्त ज्ञापन पत्रमा वन्दावन्दीका कारण शैलुन मजदुर र यातायात क्षेत्रमा कार्यरत मजदुर लगायत आर्थिक अवस्था कमजोर भएका वर्गको जीविकोपार्जन अत्यन्त कष्टकर भएको उल्लेख गर्देै समस्या समाधान गर्न पहल गर्न सरकारसँग आग्रह गरिएको छ ।