बालसेवा स्कुलमा राहत


काठमाडौं, (नेस)

काठमाडौं महानगरपालिका–२३ झोछेंस्थित बाल सेवा माध्यमिक विद्यालयका विद्यार्थी र तिनका अभिभावकलाई मंगलबार राहत वितरण गरिएको छ ।

दौंतरी समूहको अगुवाइमा भएको राहत वितरण कार्यक्रममा अन्य व्यक्तिहरूले पनि सहयोग पु¥याएका थिए ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, सल्लाहकार समितिका पदाधिकारीहरू र वडा कार्यालयका सदस्यहरूको रोहवरमा वितरण गरिएको राहत सामग्रीबाट ५० जना विद्यार्थीका परिवार लाभान्वित भएका थिए ।

त्यस अवसरमा विद्यालयका तर्फबाट दौंतरी समूहप्रति आभार प्रकट गर्दै सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

सोही अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पाठ्यपुस्तक पनि वितरण गरिएको थियो ।