एजेन्सी । भारतमा पब्जी र टिक टक प्रतिबन्ध लगाइएको छ । चिनिया एप्स प्रतिबन्ध लगाउने निर्णयसँगै सामाजिक एप्समा रोक लगाइएको हो । यी संगै वी मिट,वेब च्याट लगायत ५९ एप्समाथि प्रतिबन्ध लगाईएको छ ।
चिनियाँ एप्सले देशको सम्प्रभुता र अखण्डतामा खतरा पुर्याएको भन्दै प्रयोगमा रोक लगाएको हो ।भारतमा बाईकट चाईना अभियान जारी रहेको छ ।
भारत चीन सीमा विवादका कारण भएको झडपमा २० भारतीय सैनिकको ज्यान गएसंगै भारतमा चीनियाँ सामानमाथि प्रतिबन्ध लगाउनु आवाज चर्को रुपमा उठिरहेको छ ।हाल भारतमा टिकटकका २२ करोड र पब्जीका ५ करोड सक्रिय प्रयोगकर्ता रहेको बताईएको छ ।
प्रतिक्रिया