प्रतिकिलो सलहको मूल्य ५ सय १ रुपैयाँ

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुरको अन्य क्षेत्रको तुलनामा आफ्नो वडामा सलहको प्रकोप देखिएपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा–७ का अध्यक्षले वडाभित्र सलह समात्नेलाई प्रतिकिलो ५ सय रुपियाँ दिने घोषणा गरेका छन् ।

अध्यक्ष रामकाजी लामिछानेले यस्तो घोषणा गर्नुभएको हो । देशका स्थानीय सरकारले सलह संकलन गर्नेलाई २० रुपियाँदेखि एक सय रुपियाँ दिने घोषणा गरेको अबस्थामा उहाँले भने प्रतिकिलो ५ सय रुपियाँ दिने घोषणा गर्नुभएको हो ।

‘सलह मारेर ल्याउनेलाई म व्यक्तिगतरुपमा उक्त रकम उपलब्ध गराउनेछु,’ उहाँले भन्नुभयो–मार्नेले पैसा कमाउने र गाउँको बाली पनि जोगिने भएकोले यस्तो घोषणा गरेको हुँ ।

उक्त वडाको हात्तीखोला, भीरकोट र मान्दमारलगायत स्थानमा सलहले क्षति बढी गरेको छ । गाउँको वडा–१ बाट प्रवेश गरेको सलहले मकै र आँपका बोट नै नष्ट गर्न थालेको उहाँको भनाइ छ । वडा–७ बाट सलह हाल वडा–१० तिर पसेको उहाँले बताउनुभयो ।