रेवाकुमारी पराजुलीको शतवार्षिकी जन्मोत्सवमा धर्मस्थली स्कूलमा अक्षयकोष स्थापना

14
Shares

न्युज अफ नेपाल,पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ५, पर्स्याङ स्थित धर्मस्थली आधारभूत विद्यालयमा १ लाख ५०१ रुपैयाँकोशैक्षिक अक्षयकोष स्थापना भएको छ । पर्स्याङ, शिवालय मार्ग निवासी रेवाकुमारी पराजुलीको १००औं जन्मोत्सव अर्थात शतवार्षिककी जन्मोत्सवकार्यक्रमको अवसरमा उहाँका परिवारजनले अक्षयकोष स्थापना गरेका हुन् ।

सोमबार निवासमै आयोजित सतवार्षिकी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसादपराजुली र प्रधानाध्यापक केदारनाथ बराललाई परिवारजनको तर्फ़बाट छोरा बद्रीनाथ पराजुली बुहारी लक्ष्मीपराजुली लगाएतले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

अक्षयकोषबाट प्राप्त व्याज रकमले विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने उद्देश्यका साथअक्षयकोष स्थापना गरिएको छोरा बद्रीनाथ पराजुलीले जानकारी दिनुभयो।

उहाँले आमा रेवाकुमारी पराजुली, आफ्नो परिवारजन र सम्पूर्ण पराजुली परिवारजनको चाहना बमोजिम सानोकार्यक्रम गरेर आमाको शतवार्षिकी जन्मोत्सव मनाउन पाँउदा ख़ुशी लागेको बताउनु भयो। अक्षयकोषहस्तान्तरण कार्यक्रममा छोरा पुरुषोत्तम पराजुली र नाति रामेश्वर पराजुलीले पनि आ-आफ़ना भनाई राख्नुभएको थियो।

१९७७ सालमा पोखरा कै बिन्धबासिनीमा जन्मनु भएकी रेवाका माता स्वर्गीय देवका र पिता स्व। बेणीमाधवअधिकारी हुनुहुंछ । उहाँको १९८४ मा ८ बर्षको उमेरमा स्वर्गीय छायादत्त पराजुलीसंग बिवाह भएको थियो । हाल उहाँको परिवारमा बहिनी सेतीपराजुली, छोरा बद्रीनाथ पराजुली बुहारी लक्ष्मी पराजुली हुनुहुनछ। यस्तै कान्छो छोरा केदार पराजुली र बुहारीहरिमाया पराजुली, यसैगरी छोरीहरूमा दुर्गा घिमिरे, शोभा भट्टराई, मिठु पौडेल रहनु भएको छ भने नातिहरूमाविजय, रामेश्वर, आशिष, सुन्दर, लक्ष्मण पराजुली र नातिनी नारायणी पराजुली छन् ।

१०० वर्ष पुगेको अवसर पारेर सोमबार बिहान निवासमा तनहुका प्रमुख ज़िल्ला अधिकारी बद्रीनाथ अधिकारीलगाएत आफन्तले सुश्वास्थ्य र दीर्घायूको कामना गरेका थिए। पराजुलीलाई शुभकामना दिन बिहानैदेखिउहाँको निवासमा शुभेच्छुकको भीड लागेको थियो।