पर्वतमा १३ बर्षीय बालिकालाई यौन दुर्ब्यबहार गरेको आरोपमा बृद्ध पक्राउ

0
Shares

न्युज अफ नेपाल,पर्वत ।

१३ बर्षिया बालिकालाई यौन दुब्र्यबहार गरेको आरोपमा पर्वतको जलजला गाउँपालिकाबाट ५० बर्षिय बृद्ध पक्राउ परेका छन् । जलजला गाउँपालिका वडा नं २ घर भै वडा नं ४ मा बसोबास गर्दै आएका सर्मलाल दमाईलाई प्रहरीले पक्रेको हो ।

दमाईले असार १३ गते राती ८ बजेको समयमा सोही ठाउँ बस्ने १३ बर्षिया बालिकालाई मकैबारीमा लगेर यौन दुर्ब्यवहार गरेको आरोप लागेको छ ।

आरोपित दमाईलाई स्थानियले नै पक्राउ गरेर प्रहरीमा बुझाएका थिए । प्रहरीले म्याद थप गरेर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो ।