मिक्वाखोला गाउँपालिकाको कार्मचारीहरुको तलब रोक्का, जनप्रतिनिधी मौन

0
Shares

दिलकुमार लिम्बू ताप्लेजुङ ।

ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकाको केन्द्रबाट कार्य सम्पादन नहुन्जेल पालिकामा कार्यरत कर्मचारीहरुको तलब भत्ता साउँन देखिको रोक्का गर्ने निर्णय गरेको छ ।ताप्लेजुङ जिल्लामा एक नगरपालिका र आठ गाउँपालिका रहेको छ भने ७ गाउँपालिकाले तोकिएको आफनै कन्दे्रबाट सुरुदेखिनै कार्य सम्पादन गर्दै आएको छ ।

तर मिक्वाखोला गाउँपालिका भने ताप्लेजुङको सदरमुका फुङलिङ बजार देखिनै आहिले कार्य सञ्चालनहुदै आएको छ । गाउँ पालिकाको सेवा लिन ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिकाको बजार पुग्नु पर्ने बाध्यता खेप्दै आएको छ । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिहरुले कार्यभार सम्हालेको पनि तीन वर्ष पुरा भैसक्यो तर पनि मिक्वाखोला गाउँपालिकाले आफैनै केन्द्र थलङबाट कार्य सम्पादन गर्न सकिराछैन् ।

सुरक्षा,टेलिफोन,नेटको,सडग साथै भौतिक संरचानाहरुको समस्या भएकोले अहिले सम्म सदरमुकामै बसेर कार्यसम्पादन गर्नु परेको एक स्थानीय जनप्रतिनिधिले जानकारी दिनु भयो । विभिन्न् संञ्चार माध्यमहरुले मिक्वाखोला गाउँपालिकाको कार्यालय सदरमुकैबाटै संञ्चालन भएको समाचार प्रकाशन तथा प्रसारण गरेको साथै विभिन्न ठाउँहरुबाट समेत मिक्वाखोला गाउँपालिका गाउँपालिकाको कार्यालयको विषयमा खिल्ली उडाउँने काम भैरहेकोले मिक्वाखोला गाउँपालिकाकामा कार्यरत सबै कर्मचारी एक भएर आफनै केन्द्र थालङबाट कार्यसम्पादन नभए सम्म आफनो तलब तथा सेवासुविधा रोक्का गर्ने निर्णयमा पुगेको मिक्वाखोला गाउँपालिकाको प्रमुख प्रसाशकीय अधिकृत योगेन्द्र राज गुरङले बताउँनु भयो ।

मिक्वाखोला गाउँपालिकामा कार्यरत स्थायी १८ करा १५ कर्मचारी छन् भने स्वास्थ्य तर्फ २६ र शिक्षा तर्फ कर्मचारी तथा शिक्षक कार्यालय सहयोगी गरि १५६ गरि जम्मा २१५ जना कर्मचारीको सहमतीमा तलब भत्ता साउँन देखिको रोक्का गर्ने निर्णय गरेको प्रमुख प्रसाशकीय अधिकृत गुरुङ जानकारी दिनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत गुरुङले नेपाल समाचारपत्र संग कुरा गर्दै भने “असार अन्तिम खाता बन्द गरेर घर जान्छु र साउँन अन्तिम पालिका आउँछु सरमुका नबसी थलङ गएर एउटा घरबाट भएपनि कार्यसम्पादन गर्न सुरु गर्नछु” जब पालिकाको आफनै भवनबाट कार्या सम्पादन नभए सम्म पालिकामा कार्यारत सबै कर्मचारीले सेवा सुविधा तलब नलिने भएपनि स्थानीय सरका संञ्चालक तथा जनप्रतिनिधि भने सेवा सुविधा लिने नलिने भन्ने विषयमा अहिले सम्म मौन रहेका छन् ।

फोटो: मिक्वाखोला गाउँपालिकाको संम्पक कार्यालयमा ताप्लेजुङको सदरमुकाममा कार्य सम्पादन गर्दै कर्मचारीहरु