स्याङजामा एक बृद्ध मृत अवस्थामा फेला

0
Shares

अमृत अर्याल,स्याङजा ।

स्याङ्जाको पुतलीबजार नगरपालिका एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पुतलीबजार नगरपालिका वडा नम्वर १३ चिलाउनेखर्कका ६९ बर्षीय कुल बहादुर थापा मृत अवस्थामा फेला परेका हुन् ।

वडा कार्यालयबाट सुन्तलाको बिरुवा लिएर घर हिडेका थापा स्थानीय बाँयाखोला छहरास्थित लामो कुलो भन्ने स्थानमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । थापाको मृत्यु पानीमा डुबेका कारण हुन सक्ने प्रहरीको अनुमान छ ।