अर्घाखाँचीको एक विद्यालयद्वारा सामाजिक दूरी कायम गरि पठनपाठन सुरु



न्युज अफ नेपाल, अर्घाखाँची

अर्घाखाँचीको एक सरकारी विद्यालयले सामाजिक दूरी कायम गरि नियमित पठनपाठन सुरु गरेको छ।

सन्धिखर्क नगरपालिकाको पकलेमा रहेको जनता कृष्ण माविले सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको प्रयोग गरेर पठन–पाठन सञ्चालन गरेको हो ।

खाली चौरमा समाजिक दूरी कायम गरि कक्षा एक देखि नौसम्म दैनिक दुई घन्टा कक्षा संचालन गरिएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

देशमा लकडाउन खुकुलो भए पनि सरकारले विद्यालय खोल्ने अनुमती दिएको छैन ।

चरणवद्ध रुपमा लकडाउन खोले सँगै नियमित पठनपाठन सुचारू गर्ने वा अन्य विकल्पमा जाने भन्ने अलमल अझैसम्म विद्यमान नै छ ।

प्रतिक्रिया दिनुहोस्