अर्घाखाँचीको एक विद्यालयद्वारा सामाजिक दूरी कायम गरि पठनपाठन सुरु


न्युज अफ नेपाल, अर्घाखाँची ।

अर्घाखाँचीको एक सरकारी विद्यालयले सामाजिक दूरी कायम गरि नियमित पठनपाठन सुरु गरेको छ।

सन्धिखर्क नगरपालिकाको पकलेमा रहेको जनता कृष्ण माविले सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको प्रयोग गरेर पठन–पाठन सञ्चालन गरेको हो ।

खाली चौरमा समाजिक दूरी कायम गरि कक्षा एक देखि नौसम्म दैनिक दुई घन्टा कक्षा संचालन गरिएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

देशमा लकडाउन खुकुलो भए पनि सरकारले विद्यालय खोल्ने अनुमती दिएको छैन ।

चरणवद्ध रुपमा लकडाउन खोले सँगै नियमित पठनपाठन सुचारू गर्ने वा अन्य विकल्पमा जाने भन्ने अलमल अझैसम्म विद्यमान नै छ ।