धादिङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, धादिङ ।

धादिङ जिल्लामा कोभिड १९ (कोरोना भाइरस) को संक्रमण आज तिन जनामा पुसटी भएको छ ।गल्छी गाउँपालिका वडा नम्बर ८ का ३३ वर्षीय एक पुरुषमा कोरोनासंक्रमणपुष्टी भएको गल्छी गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताउनुभयो।

गल्छी गाउँपालिकाको क्वारेनटाइनमा बसेका १३ जनामध्ये १ जनामा कोरोना भाइरस देखिएको हो भने १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनिहरुको असार ११ गतेस्वाब संकलन गरिपठाइएको थियो।

गजुरी गाउँपालिकाको क्वारेनटाइनमा रहेका २ जनामाकोरोना भाइरसदेखिएको छ । गजुरी गाउँपालिका वडा नम्बर १ का २७ वर्षीय पुरुष हुन् । उनि आदर्श माविको क्वारेनटाइनमा बसेका थिए। क्वारेनटाइनमा बसेका १२ जनाकोरिपोर्टनेगेटिभ आएको छ ।

यसैगरि भारतबाट आएर होलको क्वारेनटाइनमा बसेका ८ मध्येएक जना २१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । संगै क्वारेनटाइनमा बसेका अन्यको रिपोर्ट भने नेगेटिभ आएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिनुभयो । उनिहरुको असार १० गतेस्वाब संकलन गरिपरिक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकोथियो।

यो संगै जिल्लामा १ सय १७ जनामा कोरोना संक्रमण भएको छ ।विगत २४ घण्टामा ५सय ५४ जनामा कोरोनासंक्रमण भएको पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

नेपालमा हालसम्म १२ हजार ३ सय ९ जनामा संक्रमण भएको छ । यसमध्ये २ हजार ८ सय ३४ जना निको भएरडिस्चार्ज भएका छन् । कोरोनाका कारण २८ जनाको ज्यान गएको छ ।