‘फेयर एण्ड लभ्ली’को नाम परिवर्तन गर्दै युनिलिभर

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

युनिलिभर कम्पनीले फेयर एण्ड लभ्लीको नाम परिवर्तन गर्ने भएको छ । चर्चित सौन्दर्य क्रिम फेयर एण्ड लभ्लीले छाला गोरो बनाउने नाममा नकरात्मक मानसिकतालाई प्रचार गरेको आरोप निरन्तर भोगी रहेको कारण कम्पनीले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।फेयर एण्ड लभ्ली भारत, इन्डोनेशिया, थाइल्याण्ड र पाकिस्तान लगायतका एशियाली राष्ट्रहरुमा बिक्री हुने गर्दछ ।

हालै मात्र फेयर एण्ड लभ्लीको उत्पादन रोक्न दबाब दिनकालागि दुई भिन्न किसिमका हस्ताक्षर अभियान संचालन गरिएको थियो जसमा १८ हजार भन्दा धेरैको हस्ताक्षर रहेको थियो ।

रंग विभेद गरेको आरोप लागिरहेको यस कम्पनीले अब सबै किसिमका छालाका रंगहरुलाई समावेश गर्दै सौन्दर्यको विविधता मनाउने जनाएको छ । कम्पनीले पहिले र अहिले भन्दै देखाइने रंग अन्तरको प्याकेजिङ पनि हटाइसकेको जानकारी दिएको छ ।