छिमेकीमा चीनको खतरा रोक्न युरोपबाट सेना घटाएको पोम्पियोको तर्क


ब्रसेल्स (एजेन्सी)
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ब्रसेल्स फोरममा चीनको भारत र दक्षिण पुर्वी एसियामा बढ्दो खतरालाई ध्यानमा राख्दै अमेरिकाले युरोपबाट आफ्नो सेना संख्या कम गर्ने फैसला लिएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्र अमेरिका जर्मनीमा आफनो सैनिक संख्या घटाउने घोषणा गरेको थियो । राष्ट्रपति ट्रम्पको यस फैसलालाई लिएर युरोपेली युनियनले असन्तुष्टी ब्यक्त गरेको थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको कारवाही भारत, भियतनाम, इन्डोनेसिया मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागरका लागि खतरा भएको पोम्पियोले बताए । अमेरिकी विदेशमन्त्रीले भने ( हामी चीनको पिपल्स लिबरेसन आर्मीको सामना गर्न तयार रहको सुनिश्चितता चाहन्छौं । यो हाम्रो समयको चुनौती हो भन्ने हामीलाई लागेको छ र त्यसका लागि हाम्रो तयारीे पुरा भएको सुनिश्चित गर्न गइरहेका छौ ।
चीनको खतरा
अमेरिकी विदेश मन्त्रीले चीनबाट छिमेकी देशहरुलाई खतरा छ र यसमा अमेरिकाको निगरानी भइरहेको बताए । चीनको खतरालाई लिएर अमेरिकाले युरोपेली युनियनसँग पनि कुरा गर्न गइरहेको पोम्पियोले बताए । भारत चीन सीमामा भएको रक्तपातपुर्ण झडप, चीनको साउथ चाइना सीमा हस्तक्षेप तथा चीनको आर्थिक नितिमा अमेरिकी विदेशमन्त्रीले खुलेर कुरा गरेका थिए ।
ट्रान्स अटलान्टिक अलाइन्ससँग पनि चीनको खतरालाई लिएर साझा समझदारी बनाउन मद्दत मिल्ने पोम्पियोले बताए । इयु र अमेरिकालाई चीनको खतरालाई लिएर मिलेर काम गर्न आवश्यक भएको र आवश्यक परको बेला मिलेर कारवाही गर्न तयार हुनु पर्ने पोम्पियोले बताए । युरोपमाथि सँधै चीनलाई लिएर उदार रहेको आरोप लाग्ने गरेको उनले बताए ।
जर्मनीमा अमेरिका आप्mनो सेनाको संख्या ५२ हजारबाट २५ हजारमा झार्ने तयारी गरिरहेको छ । युरोपमा सेना कम गर्ने ट्रम्पको नितिका आलोचकहरुले यसबाट युरोपमा रुसको खतरा बढ्ने बताएका छन् ।