बेलारुसमा चप्पल क्रान्ति

भोड्का पिउन भन्ने राष्ट्रपति विरुद्ध जनता सडकमा


मिन्स्क (एजेन्सी)
बेलारुसका नागरिक राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोको विरोधमा सडकमा आर्लेका छन् । उनी सन् १९९४ देखि त्यहाँका राष्ट्रपति हुन् । रुसको समर्थन पाएका लुकासेन्कोको कोरोनालाई लिएर बयान र लापरवाहीका कारण जनतामा आक्रोस फैलिएको हो ।
राष्ट्रपति लुकासेन्कोले भोड्का पिउनु, ट्य्राक्टर चलाउनु र स्टिम बाथले कोरोना संक्रमण नहुने बताएका थिए । उनले नागरिकहरुबाट चन्दा उठाएर डाक्टर र अन्य कर्मचारीका लागि मास्क र पीपीइ किट उपलब्ध गराएका थिए । नागरिकहरु अब एक ब्लोगर सेर्गेइ लिखानोव्स्कीलाई राष्ट्रपति बनाउन चाहन्छन् । सेर्गेइले लुकासेन्कोको नितिको विरोधमा उनलाई बच्चाहरुको कविताका एक पात्र ककरोच भनेका थिए । त्यसपछि गाडीमा विशाल चप्पल राखेर विरोध गरेका थिए ।
उनले ककरोच अर्थात सांग्लालाई चप्पलले हिर्काउनु पर्ने संदेश पनि दिए । यद्यपी उनलाई जेल पठाएको छ । अब नागरिकहरु उनलाई राष्ट्रपति पदका उम्मेदवार बनाउन चाहन्छ । छिमेकी देश युक्रेनमा एक कमेडियन राष्ट्रपति हुन सक्छ भने हाम्रो यहा ब्लगर किन हुँदैन, उनीहरुले भनेका छन् ।
राष्ट्रपति लुकासेन्कोले चुनावमा आफुलाई खतरा बन्न सक्ने उम्मेदवारलाई अयोग्य घोषित गर्दै आएका छन् । मत सर्वेक्षण र सन्चार माध्यममा पनि प्रतिबन्द लगाएको छ । तर अब भने नागरिक उनको विरुद्ध सडकमा छन् र चप्पल क्रान्तिका सुत्रधार ब्लगरलाई ककरोच राष्ट्रपतिको विकल्पका रुपमा हेरिरहेका छन् ।