प्रहरी र सरकार नश्लवादी भएको बहुसंख्यक अश्वेतको धारणा ः सर्वेक्षण


लन्डन (एजेन्सी)
अमेरिकामा अश्वेत जर्ज फ्लोयडको प्रहरीद्वारा हत्या भएपछि देशब्यापी प्रदर्शन जारी छ । यसबीच अमेरिकी सन्चार माध्यम सीएनएनले अश्वेतलाई लिएर एक सर्वेक्षण गरेको छ ।
यसमा १ हजार ५ सय ३५ बेलायती नागरिकलाई समावेश गरिएको थियो , जसमा १८ बर्ष भन्दा माथिको उमेरका थिए । जुन १२ देखि १४ सम्म भएको सर्वेक्षणमा करिब ५ सय अश्वेतलाई पनि यसमा सहभागी गराइएको थियो । सर्वेक्षणमा फरक फरक पारामिटर्समा श्वेत, अश्वेत र अन्य अल्पसंख्यकहरुको राय लिइएको थियो ।
प्रहरीका सम्बन्धमा श्वेत र अश्वेत दुबैको फरक फरक राय देखियो । सर्वेक्षण अनुसार करिब ४९ प्रतिशत अश्वेत  प्रहरीले उनीहरु प्रति ठीक ब्यवहार नगरेको मान्यतामा देखियो । जबकी यसतो मान्ने श्वेतको संख्या २६ प्रतिशत मात्र छ ।

यो सँगै हरेक १० मा ६ सहभागी अर्थात ५९ प्रतिशत अश्वेत आफनो परिवारका सदस्य प्रति प्रहरीको ब्यवहार ठीक नभएको मान्छन् । यसैमा १० मा ३ श्वेतले प्रहरीबाट उनीहरुको परिवार सदस्यहरु प्रति राम्रो ब्यवहार नगरेको बताए ।
यो सर्वेक्षणले ५४ प्रतिशत अश्वेतले प्रहरी संस्थागत रुपमा नस्लवादी मानेको देखाएको छ । जबकी श्वेत वर्गमा यसतो ठान्नेको संख्या २७ प्रतिशत मात्र छ ।
त्यसैगरी ६६ प्रतिशत अश्वेतलाई दास ब्यापार तथा उपनिवेशवादलाई प्रबद्र्धन गरेकाहरुको मुर्तिहरु प्रति समस्या रहेको देखियो । तर यसतो मान्ने श्वेतहरुको संख्या त्यसको आधा भन्दा कम ३० प्रतिशत मात्र छ । हरेक १० मा ६ अर्थात ६० प्रतिशत ती मुर्तिहरु हटाउनु पर्ने पक्षमा छन् । तर यसतो मान्ने श्वेतको संख्या भने १० प्रतिशत अर्थात २८ प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ ।
बेलायतको विद्यमान बोरिस सरकारलाई लिएर पनि सहभागीहरुले राय दिएका छन् । ५८ प्रतिशत अश्वेत सरकार संस्थागत रुपमै नस्लवादी भएको ठान्छन् भने ३९ प्रतिशत श्वेत यसमा सहमत देखिएका छन् । तर विपक्ष लेवोर पार्टीलाई लिएर ३१ प्रतिशत अश्वेतले मात्र त्यसलाई संस्थागत रुपमा नस्लवादी भएको मानेका छन् भने यसमा सहमत हुने श्वेतको संख्या ३४ प्रतिशत छ ।