भारत आक्रमणको षडयन्त्रमा रहेको पाकिस्तानको आरोप


इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले भारतमाथि चीनसँगको सीमा विवादबाट आफना विपक्षको ध्यान मोड्न पाकिस्तानमाथि हमला गर्ने षडयन्त्र रचिरहेको आरोप लगाएका छन् ।
भारतले एक दिन अघि पाकिस्तानलाई नयाँदिल्ली स्थित आफनो उच्चायोगमा कर्मचारी संख्यामा कटौती गर्न भनेको थियो । पाकिस्तानका विदेश मन्त्री कुरैसीले जियो पाकिस्तान च्यानलसँगको कुराकानीमा भारतको मनसाय स्पष्ट भएको उल्लेख गर्दै पाकिस्तान चीनसँगको आफनो सीमा विवादबाट ध्यान मोडेर पाकिस्तान तर्फ फर्काउन चाहेको बताए ।
तर उनले यसमा थप विस्तृत जानकारी भने दिएन । चीनसँगको सीमा विवाद र गलवान उपत्यकामा २० भारतिय सैनिकको मृत्यु भएको घटनालाई लिएर नरेन्द्र मोदी सरकारलाई आलोचनाको सामना गर्नु परिरहेको बताउँदै भारतमा विपक्षले प्रश्न उठाइरहेको तर उनको सरकार जवाफ दिन असमर्थ रहेको बताए ।
भारतलाई उनको देशमा कुनै हमला गर्ने मनसाय नराख्न चेतावनी दिँदै यदि उसले कुनै दुस्साहस गर्छ भने पाकिस्तानले सम्पुर्ण शक्ती प्रयोग गर्दै त्यसको जवाफ दिने उनले बताए ।
भारतले नयाँ दिल्लीमा पाकिस्तानी राजनितिज्ञ विरुद्ध जासुसी गरेको आधारहिन आरोप लगाएको छ । सार्थ भारतमा पाकिस्तानी कर्मचारीलाई दुख दिइरहेको र अधिकारीहरुद्वारा उनीहरुको गाडीलाई पछ्याउने गरेको उनले आरोप लगाए ।
कुरैसीले भारतको आरोपलाई पाकिस्तानले निन्दा गर्दै अस्विकार पनि गरेको बताए । पाकिस्तानमा रहेका भारतिय कर्मचारीहरुलाई पनि त्यसतै ब्यवहार गरिने उनले बताए ।
पाकिस्तानले भारतिय उच्चायोग प्रमुखसँग पाकिस्तानी कर्मचारी कटौती गर्ने एकतर्फी नितिका कारण उसले पनि आफना ५० प्रतिशत कटौती गर्नु पर्ने भनिसकेको कुरैसीले बताए ।