भारत विरुद्ध काश्मिर मुद्दामा मुस्लिम जगत एकजुट


दुबई (एजेन्सी)
मुस्लिम देशका सबैभन्दा ठुलो मन्च अर्गनाइजेसन अफ इस्लामिक कर्पोरेसन अर्थात ओआईसीको भारत अधिनष्ठ काश्मिरलाई लिएर बसेको आपतकालिन बैठकले भारत विरुद्ध कडा निति अख्तियार गरेको छ ।
जम्मु काश्मिरलाई लिएर सन् १९९४ मा बनाइएको ओआईसी कन्ट्याक्ट ग्रुपका विदेशमन्त्रीहरुको बैठकमा भारतलाई लिएर बैठकले कयौं प्रस्ताव पारित गरेको छ । यद्यपी संगठनका नेतृत्व सम्हालेको साउदी अरेबियाले कुनै सार्वजनिक बयान दिएको छैन ।
ओआईसीको कन्ट्याक्ट ग्रुपका विदेशमन्त्रीहरुको आपतकालिन बंैठकमा अजरबैजान, नाइजेरिया, पाकिस्तान, साउदी अरेबिया र टर्की सहभागी भएका थिए । ओआईसीका महासचिव डाक्टर युसुफ अल ओथइमिनले ओआईसी इस्लामी समिट, विदेश मन्त्रीहरुको काउन्सिल तथा अन्तरराष्ट्रिय काुनन अनुसार जम्मु काश्मिरको मुद्दामा शान्तिपुर्ण समाधान निकालिनु पर्नेमा प्रतिबद्ध रहेको बताए ।
भिडियो कन्फ्रेन्सिंगका माध्यमबाट भएको बैठकमा ओआईसीका सदस्य देशले भारत विरुद्ध कडा निति अख्तियार गर्दै काश्मिर जनताको आत्मनिर्णयको अधिकारको समर्थन गर्ने जनाएको छ । यस बैठकले सन् २०१९ अगस्ट ५ मा संविधानबाट जम्मु काश्मिरको अुनुच्छेद ३८० निरस्त पारिएको भारतको निर्णयको पनि आलोचना गरेको छ । ओआईसीले भारतमा भइरहेको मानवअधिकार हननको जारी प्रतिवेदनलाई पनि समर्थन गरेको छ ।