भारतको मिजोरममा लतातार तेस्रो दिन भुकम्प


आइजोल (एजेन्सी)
भारतको सुदुर पुर्वी राज्य मिजोरममा लगातार तेस्रो दिन बुधबार भुकम्पको धक्का महसुस गरिएको छ । प्रदेशको चमफाई जिलाको दक्षिण पश्चिम इलाकामा मंगलबार राती र फेरी बुधबार विहान पनि भुकम्पको धक्का महसुस गरिएको मौसम तथा भुगर्भ विभागले जनाएको छ ।
भुकम्पको मापन ४ दशमलव १ रिक्टर स्केल मापन गरिएको छ । यद्यपी भुकम्पबाट धनजनको क्षती भएको समाचार आएको छैन । राज्यको चमफाइ जिलामा यो लगातार तेस्रो भुकम्प हो । यसअघि सोमबार विहान ४ बजे भुकम्प आएको थियो । उक्त भुकम्प ५ दशमलव ३ रिक्टर स्केलको थियो । भुकम्पको केन्द्रविन्दु जमिन सतहबाट २० किलोमिटर तल थियो । त्यसपछि राती मंगलबार राती स्थानिय समय ११ बजे पनि ३ दशमलव २ म्याग्निच्युडको भुकम्प गएको थियो । यसको केन्द्रविन्दु ७० किलोमिटर दक्षिण पश्चिम रहेको नेसनल सेन्टर फर सिस्मोलोजीले जानकारी दिएको थियो ।
मिजोरम बाहेक हालैका दिनहरुमा भारतको आसाम, मेघालय, मणिपुर र जम्मु काश्मिरमा पनि भुकम्प गएक छन् । आइतबार ती राज्यका कयौं इलाकामा भुकम्पको धक्का महसुस गरिएको थियो ।