सर्वसाधारण भोकै, प्रधानमन्त्री ५ करोडको गाडी चढ्दै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणको बेला मानिसहरु भोकभोकै मनुपरेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीको लागि भने ५ करोडको गाडी खरिद गर्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले मंगलबार प्रतिनिधिसभामा बोल्दै कोरोना भाइरसको महामारीका बीच सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पाँच करोडको गाडी खरिद प्रक्रिया अगाडि बढाएको भन्दै गृहमन्त्री जवाफ माग गर्नुभयो ।
सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ माग्नुभएको हो ।

सांसद रिजालले गाडी खरिद प्रक्रिया फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको बताउनुभयो ।‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो ?,’ सांसद रिजालले प्रश्न गन्नुभयो ‘कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझैं फलुज खर्च गर्न सरकारी तयारी हो ? यो जवाफ पाउँ धन्यवाद ।’