खनालद्वारा पदभार ग्रहण

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

डा. राजन खनालले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक रुपमा सोमबार पदभार ग्रहण गर्नुभयो ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई कार्यकारी निर्देशकमा नियुक्ति गरेको हो । यस अघिका कार्यकारी निर्देशक पुन्यप्रसाद न्यौपानेको विहीबार बिदाई गरिएको थियो ।

सो अवसरमा निर्देशक बशन्तराज सिग्देलले नयाँ नेतृत्व, नयाँ विचार र नयाँ कार्यशैलीका साथ हामी अघि बढ्नुपर्ने हुन्छ भन्ने बताउँदै अब हामीले आफूलाइ नेपाल सरकारको थिंक ट्यांकको रूपमा निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विष्णु प्रसाद लम्सालले बधाइ तथा तथा स्वागत गर्दै प्रतिष्ठानमा सकारात्मक सोच भएका कर्मचारीहरू रहेको र प्रतिष्ठानलाई अझै नयाँ उचाइमा लान चाहेमा सकिने अवस्था छ भन्ने बताउनुभयो ।

सोही समारोहमा वरिष्ठ अध्ययन निर्देशक कमलनयन प्रधानले कार्यकारी न्यौपानेको कार्यकालमा प्रतिष्ठानले एक उचाइ प्राप्त गर्न सफल भएको र उहाँको कार्यकालमा पुरा हुन नसकेका महत्वपुर्ण कार्यहरू डा. खनालको पालामा पुरा गर्दै कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।