दक्षिणसंग दुरी, चीनसंग भिडियो कन्फरेन्स

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच भिडियो छलफल सुरु भएको छ।
शुक्रबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र सीपीसीका नेता भिडियो छलफल जुटेको हुन्। नेकपाको स्कुल विभाग र सीपीसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको आयोजनामा भएको हो।

भिडिओ कन्फरेन्समा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्कुल विभागका उपप्रमुख बेदुराम भुसाल लगायतका सयभन्दा बढी नेता सहभागी छन् भने चिनियाँ पक्षबाट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ लगायतका नेताहरू सहभागी छन्।

अध्यक्ष प्रचण्ड लगायतका नेताहरु पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट सो छलफलमा जोडिएका छन्।त्यस्तै नेकपाका सातै प्रदेशमा रहेका नेताहरु जुममार्फत उक्त भिडियो छलफलमा जुटेको स्कुल विभाग उपप्रमुख वेदुराम भुसालले जनाकारी दिनुभयो ।उपप्रमुख भुसालका अनुसार कोरोना महामारीले निम्त्याएको संकटका बारेमा छलफल हुनेछ। नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहना अनुसार नै अन्तरक्रिया राखिएको बताउनुभयो ।