विदेश विभागलाई छलेर कार्यक्रम

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच हुने भर्चुअल संवादबारे नेकपामा विवाद देखिएको छ । विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेकोमा सो पार्टीको विदेश विभागले असन्तुष्टी जनाएको छ ।

नेकपाको स्कुल विभागले आयोजना गरेको भनिएको यो कार्यक्रमबारे विदेश सम्बन्ध राख्ने वैधानिक निकाय विदेश विभागले अनभिज्ञता प्रकट गर्दै आफुहरुसँग कुनै समन्वय नै नभएकाले त्यसबारे आफुहरुलाई कुनै जानकारी नभएको प्रष्ट पारेको छ ।