‘१० अर्ब तल पठाइयो ’ प्रम ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गर्नुभयो ।कोभिड–१९ को नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब कहाँ गयो भनेर उछालिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो ‘१० अर्ब खोई भनिएको छ । १० अर्ब तल पठाइयो ।’

स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उहाँले बताउनुभयो । स्थानीय जनप्रतिनिधिहरुको गुण मान्नुको साटो अपमान गर्न नहुने उहाँले बताउनुभयो । खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उहाँले भन्नुभयो‘ मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’

प्रधानमन्त्री  ओलीले आगामी फागुन महिनासम्म कोरोना भाइरस नियन्त्रणमा आउने बताउनुभएको छ । उहाँले मंसिर अन्तिमतिरबाट कोरोना संक्रमण घटदै जाने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो,‘भदौको सुरुबाट कोरोना आरालो लाग्छ, तर दशैतिर छठको कारणले संक्रमण बढाउन सक्छ, त्यो खतराबाट हामीले जोगाउनु पर्छ ।’ अहिले कोरोना संक्रमितको संख्या आरोलो लागेको बताउदै नेपालीहरुमो युनिटी पावर बढी भएको कारण संक्रमणको संख्या कमी भएको बताउनुभयो ।