ज्येष्ठ नागरिकको बिमा गर्ने पहिलो वडा

14
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका– ३ ले ७० वर्ष नाघेका ३ सय ५० जना ज्येष्ठ नागरिकको कोरोना बिमा गरेको छ ।

सोही वडा ज्येष्ठ नागरिकको कोरोना बिमा गर्ने महानगरपालिकाको पहिलो वडा रहेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै गर्दै १ लाखको कोरोना बिमा गरेको वडाअध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिनुभयो । ‘यसले ज्येष्ठ नागरिकको मनोबल र आत्मविश्वास बढाएको छ । ’ वडाअध्यक्ष महर्जनले भन्नुभयो ।

ज्येष्ठ नागरिक सम्बन्धी बिमा गर्ने महानगरपालिकाको ठोस नीति नभएपनि यस कार्यले नीति बनाउन प्रेरक गरेको पनि वडाअध्यक्ष महर्जनको भनाई रहेको छ । महानगरपालिकाका विभिन्न वडाहरुले पनि ज्येष्ठ नागरिकको बिमा गर्ने तयारी गरिरहेको छ ।