सल्यानमा ४१ जना कोरोना संक्रमित निको भएर घर फर्के

0
Shares

  • सरिता चलाउने,सल्यान

सल्यानका ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । जिल्ला अस्पातल सल्यानको आईसोलेसन बाट ६ जना र सल्यान बहुमुखि क्याम्पसको आईसोलेसन बाट ३५ जना निको भएर घर फर्किएका हुन ।

निको भएर घर फर्कनेमा ३ बर्षिया बालिका देखि ६० बर्ष सम्मका रहेको जिल्ला स्वास्थ्य कार्यलय सल्यानले जनाएको छ । १ सय ११ जनाको पिसिआर रिर्पोट जाच गर्दा ४१ जनाको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई घर पठाईएको डाक्टर अर्जुन बुढाले बताउनु भयो ।

निको भएर घर फर्कनेमा दार्मा गाउँपालीकाका ६ जना र बन्गाड कुपिण्डे नगरपालीकाका ३५ जना रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार सल्यानमा कोरोना भाईरस संक्रमन बाट निको हुनेको संख्या ५४ पुगेको छ ।

यस अघि सुर्खेतको कोरोना अस्पतालमा उपचाररत १३ जना निको भएर घर फर्किएका थिए । अब बाकि ८२ जनाको आईसोलेसनमा राखेर निगरानी भैरहेको उहाँले बताउनु भयो ।