अफगानिस्तान हुँदै पाकिस्तानमा सलहको प्रवेश


इस्लामाबाद (एजेन्सी)
कोरोनाको विकराल चपेटामा फस्दै गइरहेको दक्षिण एसियामा अर्को विपत्तीको रुपमा देखिएको सलह आक्रमण रोकिएको छैन । पाकिस्तान हुँदै भारतका विभिन्न राज्यमा सलह आक्रमण भइरहेको छ । यसबीच अफगानिस्तानको मार्ग हुँदै सलहको एक नयाँ बठान पाकिस्तान पुगेको छ ।
अफगानिस्तानबाट यसरी सलह पाकिस्तान प्रवेश गरेको यो पहिलो घटना हो । सलहको नयाँ समुह अफगानिस्तान हुँदै पाकिस्तानको खैबर प्रान्तमा पुगेको पाकिस्तानको संसदमा जानकारी गराइएको छ । सिंध र पन्जाब प्रान्तमा सलहले ब्यापक स्तरमा अन्डा पारेको विज्ञहरुले जानकारी दिएकाछन् । हालैका दिनमा भएको वर्षा सलहको प्रजननमा सहायक बनेको छ । पाकिस्तानको पन्जावमा सलहको प्रवेशले बालीनालीलाई ठुलो नोक्सान हुन सक्ने बताइएको छ ।
त्यसैगरी अफ्रिकाबाट पनि सलहको ठुलै समुह साउदी अरेबिया, इरान हुँदै पाकिस्तान तर्फ बढिरहेको विशेषज्ञहरुले बताएका छन् । यो समुहले जुलाई सम्ममा भारतमा ठुलो विनास गर्न सक्ने अनुमान गरिएको छ । जुलाईमा हुने यो हमलालाई भिषण हुन सक्ने ठानिएको छ । त्यो बेलासम्म राजस्थानमा बाली हुर्किसक्ने भएकोले त्यो सलहको हमला नष्ट हुने त्रास बढेको छ ।