पास खारेजसंगै जोर बिजोर अनिवार्य

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु मंगलबार रद्द गरिएको छ ।
यात्राका लागि जोर बिजोर प्रणाली पूर्ण रुपमा पालना गर्नुपर्ने ट्राफिक महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले मोटरसाइकललगायत चार पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागू गरिएको जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो ‘माथिको आदेशअनुसार मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइन्छ । यदि दुई जना सवार भएको पाइएमा कारबाही हुन्छ ।’काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ ।