कोरोनाको शंकास्पद बिरामीको मृत्युपछि संखुवासभामा स्वास्थ्य केन्द्र सिल

0
Shares

  • ईन्द्र गिरी,संखुवासभा

संखुवासभाको चैनपुर प्राथामिक स्वास्थ्य केन्द्रमा आज एक जना पुरुषको उपचारका क्रममा मृत्यू भएपछि स्वास्थ्य केन्द्र शिल गरिएको छ । चैनपुर २ मामाघर बस्दै आएका ३५ वर्षीय मृतक पुरुषमा कोरोना सक्रमणको आसंका गरिएपछि स्वास्थ्य केन्द्र चैनपुर सिल गरिएको हो ।

प्राथामिक स्वास्थ्य केन्द्र चैनपुरका प्रमुख डा. बिनोद बेकोजुद्धारा आज हस्ताक्षरित विज्ञप्तीमा स्वास्थ्य केन्द्रमा उपचारका क्रममा आज सोमवार विहान भर्ना भएका ३५ बर्षिय पुरुषको मृत्यू भएपछि उनको पिसिआर रिपोर्ट नआएसम्म दैनिक स्वास्थ्य सेवा लगायत स्वास्थ्य केन्द्र आस पास सिल गरिएको जनाईएको छ ।

मृतक पुरुषमा ज्वरो र स्वास प्रश्वासमा समस्या देखिएकोले कोरोना सक्रमणको लक्षण आसंका गरिएको छ । उनको नमुना स्वाव संकलन गरि परिक्षणकालागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । मृतक पुरुषको लास स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मृतक पुरुष झापा जिल्ला घर भएका र उनि ६ महिना अगाडी मामा घर आएका थिए । सुगर रोगको औषधि खाई रहेका उनले चैनपुर नगर पालीका क्षेत्र भित्र रहेका होटलमा काम गदै आएका थिए ।

यस अघि संखुवासभा जिल्लामा १४ महिला र ६२ पुरुषमा नमुना स्वाव संकलन परिक्षणका क्रममा २ जना पूरुषमा पोजेटिब रिपोर्ट आएपछि उनिहरुको कोरोना कोशी अस्पताल विराटनगरमा उपचार भई रहेको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।