फ्लोयडकी छोरी डिज्नीकी सेयरहोल्डर

0
Shares

  • लस एन्जलस (एजेन्सी)

अमेरिकामा प्रहरी हिरासतका क्रममा निर्ममता पुर्वक मारिएका जर्ज फ्लोयडकी ६ बर्षिया छोरी अब औपचारिक रुपमा डिज्नीको सेयरहोल्डर भएकी छन् । गत महिना मिनियापोलिसका प्रहरी अधिकृत डेरेक साउविनले हिरासतका क्रममा करिब ९ मिनेटसम्म घुँडाले घाँटीमा थिच्दा मृत्यु भएका फ्लोयडकी छोरी गेयना फ्लोयडले सामाजिक सन्जालमा उनले हलिवुड आइकनबाट उक्त मनोरन्जन कम्पनीको स्टक प्राप्त गरेको खुलासा गरेकी हुन् ।

ती सानी बालिकाका लागि बनाइएको इन्स्टाग्राममा गरिएको एक पोस्टमा उनी गर्वका साथ सेयर सर्टिफिकेट समाइरहेको देख्न सकिन्छ । क्याप्सनमा बाब्र्रा स्ट्रेइसान्डलाई उक्त उपहारका लागि धन्यवाद दिँदै आफु डिज्नी स्कटकहोल्डर भएको उल्लेख गरिएको छ । गायिका, अभिनेत्री तथा चलचित्र निर्माता बाब्र्रा स्ट्र्ेइसान्ड ग्रेमी अवार्ड विजेता हुन् ।

६ दशक लामो आफनो करियरमा बाब्र्रा दुई एकेडमी अवार्ड, गे्रमी लाइफटाइम अचिवमेन्ट अवार्ड र ग्रमी लेजेन्ड अवार्ड सहित १० ग्रेमी अवार्ड, एम्मी अवार्ड लगायत थुप्रै पुरस्कारबाट सम्मानित हुन् ।