सुन भेटियो ,मालिक भेटिएन

0
Shares

जेनेभा,एजेन्सी

मानिसहरुले जीवनमा कहिलेकाहिँ फोन, पर्स वा हेडफोन बिर्सेर छोड्नु सामान्य घटना हुन् । तर सुनको ढिक्का भरिएको झोला नै बिर्सेर जानुलाई सामान्य मान्न गाह्रै पर्छ । तर यस्तै असामान्य घटना स्विट्जरल्याण्ड घटेको छ ।

स्थानिय प्रशासनले सो झोलाका मालिकलाई अझै सम्म खोजि गरिरहेको छ । गत अक्टोवरमा एउटा डिब्बामा तीन केजि भन्दा बढि सुन बेवारिसे अवस्थामा भेटिएको हो ।सेन्ट ग्याल्लेन र लुसर्नेबिच चल्ने ट्रेनमा छोडिएको सुनको मुल्य १ लाख ९१ हजार अमेरिकी डलर तोकिएको छ ।

लुसर्ने स्थित सरकारी कार्यालयले सनका मालिकले पाँच वर्ष सम्म स्वामित्व दावी गर्न पाउने जनाएको छ । लामो समय सम्म पनि मालिक फेला नपरेपछि बल्ल अहिले आएर यो खवर सार्वजनिक गरिएको हो ।