गाउँपालिकाको नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन



  • रामधन राई,खोटाङ

खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि परामर्श तथा सुझाव संकलन गर्न सुरु गरिएको छ ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई चुस्तदुरुस्त र फलदायी बनाउनका लागि गाउँपालिकाले राजनैतिक दल, पुर्वनिर्वाचित जनप्रतिनिधि, बौद्धिक वर्ग, शिक्षक, अगुवा कृषक, गैर–सरकारी संघसंस्था, पत्रकार लगायतसँग अन्तरक्रियाका माध्यमबाट आवश्यक राय सुझाव संकलन सुरु गरेको हो

सबैसँगको सहकार्यमा सबैको बुद्धिविवेकका आधारमा प्राप्त सुझाव अनुशार नीति, कार्यक्रम तथा बजेटलाई अन्तिम रुप दिइने गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । विभिन्न विषयगत समितिले आ–आफ्नो तर्फबाट सुझाव संकलन गरेर नीति तथा कार्यक्रम तयार पारिरहेको अवस्थामा गाउँपालिका आफैले पनि परामर्श थालेको हो ।

प्रतिनिधिमुलक सुझावका आधारमा नीति, कार्यक्रम तथा बजेटलाई टुंग्याएर आगामी असार १० गते बजेट प्रस्तुत गर्ने तयारी गरिएको अध्यक्ष राईको भनाई छ । असार १० गते प्रस्तुत बजेट असार मसान्तभित्रमा पास गर्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्