यौन परिकल्पना पूरा गर्न हतियार बोकेर पुग्दा प्रहरीको फन्दामा

0
Shares

  • सिडनी,(एजेन्सी)

एकजना पुरुषको यौन परिकल्पना पूरा गर्ने उद्देश्यले चुपचाप उनको कोठामा धारिलो हतियार बोकेर पुगेका दुई व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।

नाम नखुलाइएका ती व्यक्तिले आफूलाई अन्डरवियर मात्र लगाएको अवस्थामा पलंगमा बाँधेर एउटा कुचोले काउकुती लाग्ने गरी शरिरमा चलाउन दिन एक कम्पनीसंग मान्छे पठाउन अनुरोध गरेका थिए ।

तर अफ्नो ड्युटीमा खटेका ती दुईजना गलत ठेगानामा पुग्दा लफडा भएको प्रहरीले जनाएको छ । तर अष्ट्रेलियाको सिडनी निवासी तिनीहरुले आफ्नो गल्ती महशुस हुनासाथ अत्तालिएका पिडितसंग शालिनातापुर्वक क्षमा मागेर हिंडेका थिए ।

आफुहरु दुबैलाई सन् २०१९ को जुलाईमा घटेको यस अनौठो घटनाका लागि न्यु साउथ वेल्शको अदालतले सफाई दिइसकेको ती दुई मध्ये एक टेर्रेन्स लिरोय बताएका छन् । न्यायधिश सिन ग्रान्टले तिनीहरुको उद्देश्य खराब नदेखिएको र तिनीहरुले ति यौन शौखिन व्यक्तिको जिउमा चलाउन छुरा बोकेको हुनुपर्ने बताएका छन् ।

साथै यसरी यौन मज्जा लिनि यहि वस्तु प्रयोग गरिनपर्छ भन्ने कानुनमा स्पष्ट नतोकिएकले पनि तिनीहरु छुटेको बताइएको छ । अदालतको दस्तावेजका अनुसार वेस्टर्न न्यु साउथ वेल्सको ग्रिफिथ नजिक बस्ने ति पुरुषले आफ्नो अन्डरवियर वरपर कुचोले विस्तारै चलाउन दिन चाहेका हुन् ।