दाङमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

0
Shares

  • न्युज अफ नेपाल,दाङ

दाङमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको भुटनेटना क्वारेन्टाइनमा बसेका १८ बर्षिय पुरुष व्यक्तिको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भगत केसीले जानकारी दिनुभयो

। माण्डवी गाउँपालिका वडा नं.४ आपचौर निवासी ति युवा जेठ ११ गते क्वारेन्टाइनमा बसेका थिए । मृत्यु भएका व्यक्तिको पिसिआर जाँच गरेको रिपोर्ट अझैं आएको छैन् । जेठ २१ गते स्वाव संकलन गरेर परिक्षणको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । तर, अझैं रिपोर्ट आएको छैन् ।

क्वारेन्टाइनमा बसेका युवालाई उल्टी आउने र स्वासप्रस्वासमा समस्या देखिएपछी शनिबार विहान उपचारको लागी अस्पताल लगिएको थियो । तर, जिल्ला स्थित कुनैपनि अस्पतालले क्रिटिकल केश भर्ना नलिने बताएपछी बुटवल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

‘सुरुमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उनलाई त्यहाँ भर्ना गर्न मानिएन् । त्यसपछी कोरोना बिशेष अस्पताल बेल्झुण्डी लगियो । त्यहाँ पनि कोरोना पुष्टि भएकालाई मात्रै भर्ना गरेर उपचार गर्ने बताएपछी बुटवल लैजान थालियो’केसीले भन्नुभयो–‘बुटवल लैजाने क्रममा ती व्यक्तिको मृत्यु भएको हो ।’