सामुदायिक अस्पताललाई सहकारीद्वारा स्वास्थ्य सामाग्री सहयोग



  • रामधन राई,खोटाङ

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा रहेको जनसेवा सामुदायिक अस्पताललाई सहकारी संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ जालपामै सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले ६८ हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

अस्पताललाई १० सेट पिपिई, २ जार सोडिएम हाइपोक्लोराइड, २० जोर रबर ग्लोव्स, ७० जोर सर्जिकल ग्लोव्स, २५ थान केएन ९५ मास्क प्रदान गरेको सहकारीका अध्यक्ष ध्रव श्रेष्ठले वताउनुभयो ।

सहकारीले १ थान थर्मल गन, ४ सय ५० पिस सर्जिकल मास्क, १० प्याकेट टप ग्लोव्स, ५ लिटर ह्याण्ड सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको जनाईएको छ । २०५३ सालमा स्थापित सहकारीले व्यापार, कृषि, पशुपालन, उद्यम, उच्च शिक्षा, प्रकोप उद्धार, घर मर्मत तथा निर्माण, काजकिरिया, उपचार लगायतका शीर्षकमा ऋण प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्