मास्क सेनिटाइजरको निरीक्षण गर्दै प्रहरी



  • न्युज अफ नेपाल,धादिङ

सुरक्षा दिन लागि पर्ने प्रहरीहरु धादिङ लगायतका स्थानहरुमा सचेतना अभियानमा समेत देखिएको छ । जिल्ला सदरमुकाममा पसल बन्द गराउन र शान्ति सुव्यवस्थाका लागि खटिरहेको प्रहरीहरु नागरिकहरुलाई मास्क लगाउन सुझाव दिँदै हिडिरहेक ोछ ।

शान्ति सुव्यवस्था प्रहरीको दायिसंगै नागरिकलाई बचाउनका लागि मास्क नलगाइ हिडेका मानिस देखिने वित्तिकै मास्क लगाउन आग्रह गर्छन र सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्न थालेका छन् । सरकारले बन्दाबन्दी खुकुलो बनाए पछि बढेको चहलपहलबढेको बेला प्रहरीहरु हरेक पसल(पसल पुगी मास्क लगाय नलाएको र सेनिटाईजर भए नभएको हेरि प्रहरीले मास्क र सेनिटाईजर लगाउँ अभियानमा संचालन संचालन गरेको हो ।

सरकारले लकडाउन खुलाएको हैन खुकुलो बनाएको हो, संक्रमितहरुको संख्या दिन प्रतिदिन बढी रहेको छ, । नागरिकको अत्यावस्यक काम नरोकी काम गर्र्ने वातावरण बनाइएको अवस्थामा भौतिक दुरी कायम गरेर धादिङबेसीका पसलहरुमा सेनीटाइजर भए नभएको जाँच गर्ने, मास्क लगाए नलागाएको जाँच गर्ने र अनिबार्य रुपपमा मास्क लगाउन आग्रह गर्ने गरेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्