राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : प्रचण्ड

0
Shares

  • न्युज अफ नेपाल, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुृष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउने बताउनुभएको छ ।

उहाँले भारतसँग वार्ता र संवादबाटै नेपाली भूमि फिर्ता ल्याउने पक्षमा नेपाल रहेको बताउनुभएको हो ।

संविधान संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै प्रचण्डले भारतसँग वार्ता र संवादबाटै समस्याको समाधान चाहेको बताउदै दुरी बढाउने पक्षमा नेपाल नरहेको स्पष्ट पार्नुभयो ।