स्याङ्जामा ३ जना कोरोना जितेर घर फर्किए

0
Shares

  • भूपराज बस्याल , स्याङ्जा

स्याङ्जाका ३ जना कोरोना संक्रमित पुरुष कोरोना जितेर घर फर्किएका छन् । जिल्ला अस्पतालको आईसोलेसनमा रहेका ६ जना मध्ये ३ जना संक्रमितको पिसिआर परिक्षणमा नेगेटिभ आएपछि आज घर पठाईएको जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्शन डाक्टर अन्जु अर्यालले जानकारी दिनुभयो ।

घर फर्कनेमा वालिङ नगरपालिकाका २१ बर्षका पुरुष र गल्याङ् नगरपालिकाका २७ र ४० बर्षका २ जना पुरुष रहनु भएको छ । उहाँहरुलाई आज स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री लगायतले बिदाई गर्नुभएको हो ।

जेठ २२ गते जिल्ला अस्पतालमा उपचाररत ६ जना पुरुषहरु र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको पिसिआर परिक्षणका लागि स्वाव लिई पोखरा पठाईएको थियो । जसमा ३ जना संक्रमित र स्वास्थ्यकर्मींहरु सबैको कोरोना नेगेटिभ आएको फोकल पर्शन डाक्टर अर्यालले जानकारी दिनुभयो ।

वालिङका कोरोना मुक्त भएका पुरुष जेठ १३ मा र गल्याङका पुरुष जेठ १८ मा संक्रमित भएको पुष्टी भएको थियो । अव जिल्ला अस्पतालको आईसोलेसनमा ३ जना पुरुष उपचाररत छन भने कालिका सामुदासिक अस्पतालको आईसोलेसनमा एक महिला सहित ३१ जना उपचार गराई रहनु भएको छ । स्याङ्जाका कोरोना संक्रमित एक जनाको निधन भईसकेको छ । यो सहित जिल्लामा जम्मा संक्रमितको संख्या ३८ रहेको छ ।