स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन परमादेश

0
Shares

  • न्युज अफ नेपाल,हेटौंडा

कोरोना नियन्त्रणका कार्यमा खटिने सुरक्षाकर्मी, चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन बागमती प्रदेश सरकारका नाममा उच्च अदालत हेटौंडाले परमादेश जारी गरेको छ । उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र नागेन्द्रलाल कर्णको संयुक्त इजलासले बागमती प्रदेश सरकारको नाममा परमादेश जारी गरेको हो ।

हेटौंडाका अधिवक्ता ध्रुवप्रसाद चौलागाईँले कोरोना नियन्त्रणका कार्यमा खटिने सुरक्षाकर्मी, चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई उक्त रोगले आक्रमण नगरोस् भनी व्यक्तिगत सुरक्षा सामग्रीहरु उपलब्ध गर्न/गराउनु, निःशुल्क औषधी उपचारको व्यबस्था गर्न, निःशुल्क स्वास्थ्य परीक्षण गर्न, मास्क तथा सेनिटाइजर उपलब्ध गराएर सार्वजनिक ठाउँमा साबुनपानीबाट हातधुने व्यबस्था गर्न, बाटोमा अलपत्र परेका उक्त रोगका कारण खानबस्न नपाएका श्रमिक तथा मजदुरलाई तत्काल खानबस्न र उपचारको न्यूनतम् व्यबस्था गर्नु अपरिहार्य देखिएकोले त्यस्ता व्यक्तिको आवश्यक पहिचान गरी खानबस्नसमेतको आबश्यक व्यबस्था मिलाउन चैत १० गते रिट दर्ता गराउनु भएको थियो ।

फैसलमा कोरोना नियन्त्रणका कार्यमा खटिने सुरक्षाकर्मी, चिकित्सक एवम् स्वास्थ्यकर्मीलाई उक्त रोगले आक्रमण नगरोस् भनी व्यक्तिगत सुरक्षा सामग्रीहरु उपलब्ध गर्नगराउनु, निःशुल्क औषधी उपचारको व्यबस्था गर्न परमादेशको आदेश प्रदेशका मुख्यमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालयसमेतका आदेश नाममा जारी भएको छ ।

रिट निबेदनमा निबेदकका तर्फबाट रिट निबेदक अधिवक्ता चौलागाईँ, अधिवक्ताहरु बालकृष्ण अधिकारी र सम्बल चौलागाईं र प्रदेश मुख्यमन्त्री एवम् मन्त्रिपरिषद्समेतका तर्फबाट मुख्य न्यायाधीवक्ता ओम थपलिया र शान्ता वाइबा र विपक्षी जिल्ला प्रशासन कार्यालय मकवानपुरसमेतको तर्फबाट कामु सहन्यायाधीवक्ता बाबुराम अधिकारीले बहस गर्नुभएको थियो ।