सल्यानमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै,संक्रमितको संख्या १ सय ३६ पुग्यो

0
Shares

  • सरिता चलाउने,सल्यान

सल्यानमा पछिल्ला केहि दिन यता कोरोना भाईरस संक्रमनले महामारी रुप लिन थालेको छ । भारत बाट आउने क्रम नरोकिए पछि यहाँ कारोना भाईरस संक्रमनको संख्या बढदै जान थालेको हो । यहाँ दैनिक कोरोना भाईरस संक्रमणका बिरामी थपिन थालेपछि उनिहरुलाई ब्यवस्थापन गर्न कठिनाई भएको जिल्ला प्रशासन कार्यलय सल्यानले जनाएको छ ।

कोरोना भाईरस संक्रमणका बिरामीलाई राख्नको लागी सदरमुकाममा रहेको सल्यान बहुमुखि क्याम्पसको भवनमा १ सय बेडको आईसोलेसन निर्माण गरिएको भए पनि पनि बिरामीको संख्या मंगलार एक सय ३७ पुगिसकेकाले ब्यवस्थापन गर्न गाह्रो भएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार सल्यानमा भारत बाट फर्किएकाहरु अहिले सम्म ४ हजार ५ सय ४३ जना क्वारेन्टिनमा बसिरहेका छन । बिभिन्न स्थानिय तहहरुमा ४ हजार १ सय क्वारेन्टिन निर्माण गरिएकोमा भारत बाट आउने क्रम नरोकिएपछि आएकालाई कोचाकोच गरेर राख्नु परेको प्रमुख जिल्ला अधिकारी शिब राम पोख्ररेलले बताउनु भयो ।

भारत बाट आउने क्रम नरोकिएको र आएकालाई अहिले स्थानीय पालिकाले निर्माण गरेको बिभिन्न बिद्यालयको सामुदायिक क्वारेन्टिनमा कोचाकोच गरेर राखिएको उहाँले बताउनु भयो । क्वारेन्टिनमा बसेकाहरुकोे पिसिआरको लागी स्वाव संकलन गरी पठाईएपनि रिर्पोट ढिला आउदा झन भाईरस संक्रमण बढने खतरा देखिएको उहाँले बताउनु भयो ।

प्रजिअ पोख्रेलले भन्नु भयो, जिल्लामा संकलन गरी पठाएको स्वाबको रिर्पोट करिब १८ सयको आउन बाकि रहेको छ, रिर्पोट ढिला आउदा संक्रमन बढन सक्ने खतरा देखिन्छ, सामुदयिक बिद्यालयको क्वारेन्टिनमा एउटै कोठामा पनि धेरै मान्छे राखिएकाले समयमै रिर्पो नआउदा एक ब्यक्तिमा भएको भाईरस अर्को ब्यक्तिमा सर्ने खतरा छ, यसले गर्दा झन संक्रमण बढने देखिन्छ ।

जिल्ला भर करिब २३ सयमा स्वाब संकलन गरी पठाएको अझै १८ सयको रिर्पोट आउन बाकि रहेको छ । स्वाब संकलन गरी पठाएको १४ दिन भैसक्दा पनि रिर्पोट नआउदा यहाँ ब्यवस्थापनमा समस्या भएकोे प्रमुख जिल्ला अधिकारी पोख्रलले बताउनु भयो ।

जिल्लामा कोरोना भाईरसका बिरामी थपिदै जादा उनिहरुलाई कहाँ, कसरी ब्यवस्थापन गर्ने भनेर स्थानीय प्रशासन अन्यौलमा परेका छन । बिरामी राख्नको लागी जिल्ला अस्पताल सल्यानमा २४ वटा आईसोलेन र सल्यानमा बहुमुखि क्याम्पसमा १ सय बेडको आईसोलेसन निर्माण गरिएकोमा बिरामी भरिभराउ भएकाले अब थपिएका संक्रमितलाई कहाँ राख्ने भन्ने अन्यौल भएको जिल्ला स्वास्थ्य कार्यलय सल्यानका डाक्टर अजुर्न बुढाले बताउनु भयो । उहाँका अनुसार कोरोनाका बिरामीलाई निगरानी गर्ने स्वास्थ्यकर्मिको समेत अभाव देखिएको छ ।

आज १२ संक्रमित थपिए, कोरोनाको इपिसेन्टर बन्दै बनगाड कुपिण्डे

सल्यानको बन्गाड कुपिण्डे नगरपालीकामा मात्र १ सय २४ संक्रमितका बिरामी भेटिए सँगै बनगाड कुपिण्डे नगरपालिका कोरोनाको इपिसेन्टर बन्न पुगेको छ । नगरपालिकामा मात्रै संक्रमितको संख्या एक सय २४ पुगेको हो । मंगलबार सल्यानमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।कोरोना पुष्टि भएका सबै बनगाड कुपिण्डे नगरपालिका रहेका छन् । यससँगै बनगाड कुपिण्डे नगरपालिकामा संक्रमितको संख्या १ सय २४ पुगेको छ ।

मंगलबार संक्रमित हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका वडा न ३ का २४, २५ र २६ वर्षका पुरुष, वडा न ४ का १७, २०, २०, २५, २६, २८ र ३० वर्षका पुरुष, वडा न ५ का २२ र वडा न ८ का १८ वर्षका पुरुष रहेका छन् ।

मंगलबार १२ संक्रमित थपिएसँगै सल्यानमा संक्रमितको संख्या १ सय ३६ पुगेको छ । बनगाड कुपिण्डे नगरपालिकामा १ सय २४, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये १३ जना प्रदेश अस्पताल सुर्खेत, १२ जना सल्यान अस्पताल र ९६ जनाको लुहापिङ स्थित सल्यान बहुमुखी क्याक्पसको आइसोलेसनमा उपचार भइरहेको छ ।संक्रमित सबैलाई सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । बनगाड कुपिण्डे नगरपालिकामा १ सय ७, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।