स्थानीय तहलाई क्वारेन्टिनका लागि सामाग्री हस्तान्तरण

0
Shares

  • कालीवहादुर मल्ल,कालिकोट

जिल्लामा रहेका पाँचवटा स्थानीय तहलाई प्लान नेपालको सहयोगमा किर्डाक कालिकोटले मंगलबार क्वारेन्टिन व्यवस्थापनका सामग्रीहरु हस्तान्तरण गरेको छ । जिल्लाको खाँडाचक्र,रास्कोट नगरपालिका र नरहरिनाथ,पलाता,सान्नि त्रिवेणी गाउँपालिकालाई ६ लाख बरावरको विभिन्न सामाग्री हस्तान्त्रण गरिएको किर्डाक नेपाल कर्णाली शिक्षा परियोजना संयोजक बीर तिरुवाले वताउनु भएको छ ।

उहाँका अनुशार क्वारेन्टिनका लागि १ सय ६० ब्ल्यांकेट,१ सय ६० पिफम, ४ सय थान सेनिटाइजर,८ सय ८० साबुन,१६ सय मास्क,टुथपेस्ट,ब्रस,बाल्टिन लगएतका सामाग्री हस्तान्तरण गरिएको छ ।

क्वारेन्टिनका सामाग्रीहरु खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डे,रास्कोट नगर उपप्रमुख मिमसरा बम,पलाता गाउँपालिका कार्यकारी अधिकृत रानवहादुर बम लगाएतले बुझेर लिनु भएको छ ।